birat ribon

‘ए मेरो हजुर ४’को शीर्ष गीतको छायाङ्कन सकियो

Neuro
‘ए मेरो हजुर ४’को शीर्ष गीतको छायाङ्कन सकियो

विराटनगर / प्रतीक्षित फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीतको छायाङ्कनपछि निर्माण टिम काठमाडौँ फर्किएका छन् ।

फागुन ३० गते शीर्ष गीतको छायाङ्कनका लागि निर्माण टिम डोल्पाको शे–फोक्सुन्डो ताल पुगेका थिए । गीतको छायाङ्कन १० दिन लगाएर सकिएको निर्माण टिमले जानकारी दिए ।

cura insider

गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापालाई फिचरिङ गरिएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोलाई सञ्जय लामाले खिचेका हुन् । शीर्ष गीतसँगै फिल्मको छायाङ्कन लगभग सकिएको बताइएको छ ।

काठमाडौँ र पोखरामा फिल्मको छायाङ्कन गरेपछि काम सकिने निर्देशक झरना थापाले बताइन् । सुनिलकुमार थापाको निर्माण रहेको फिल्म ‘ए मेरो हजुर ४’ आउँदो भदौ १८ गतेदेखि प्रदर्शन हुनेछ ।

jackson ribon