birat ribon

मङ्गल ग्रहमा हेलिकोप्टर उडाउने तयारीमा नासा

Neuro
मङ्गल ग्रहमा हेलिकोप्टर उडाउने तयारीमा नासा

विराटनगर / नासाले मङ्गल ग्रहमा हेलिकोप्टर उडाउने तयारी गरिरहेको छ ।

अप्रिलको सुरुमा मङ्गल ग्रहमा उड्ने भनिएको सानो हेलिकप्टर इन्जुनिइटीलाई एक महिना अगाडि पर्सिभिअरन्स (मङ्गल ग्रहमा अवतरण गरेको यान)सँग पठाइएको थियो । हाल १.८ किलोको हेलिकप्टर पर्सिभिअरन्सको पेटभित्रै रहेको छ । हेलिकोप्टरले पातलो हावा भएको मङ्गल ग्रहमा पाँचवटा छोटो दूरीको उडान भर्ने प्रयास गर्नेछ ।

cura insider

हेलिकप्टरको कार्बनले बनेका चारवटा पङ्खामा प्रतिमिनेट २४ सयपटक घुम्ने दुई रोटर राखिएका छन् । गएको सप्ताहान्तमा यसलाई छोप्ने बिर्को भने खोलिएको छ र अबको केही दिनमा हेलिकप्टरलाई जमिनमा राखिनेछ । यसको पहिलो उडान सतहभन्दा तीन मिटर माथिसम्म उठ्ने, घुम्ने र ३० सेकेन्ड अडिने खालको सामान्य हुनेछ । सफल हुँदै गएमा त्यसपछिका उडानहरू लामो र कठिन खालका हुँदै जानेछन् ।

नासाका इन्जिनियर फारह अलिबेलेका अनुसार पर्सिभिअरन्सले इन्जुनिइटी ती उडानहरूलाई क्यामरामा उतार्ने प्रयास गर्नेछ । हेलिकोप्टरको उडान सफल भए त्यो ‘राइट दाजुभाइको जस्तो समय’ हुने नासाले बताएको छ । नासाले मङ्गल ग्रहमा पठाएको हेलिकोप्टरमा पहिलोपटक ओर्भिल र विलभर राइटले उडाएको हावाभन्दा गह्रौँ विमानको पङ्खाको सानो कपडा टाँसिएको बताएको छ ।

jackson ribon