birat ribon

सङ्क्रमणमुक्त भएपछि पनि महिलामा असर देखिँदै

Neuro
सङ्क्रमणमुक्त भएपछि पनि महिलामा असर देखिँदै

विराटनगर / अधबैँसे (४५ देखि ६५ वर्षका) महिलाहरूमा कोरोना भाइरसको सङ्क्रमणबाट निको भइसकेपछि पनि असर देखिरहेको छ ।
कोभिडको अस्पतालमा उपचार गरेर निको भई घर फर्किएका अधबैँसे महिलाहरूमा लामो समयसम्म पनि केही लक्षण रहने दुई अध्ययनले देखाएका हुन् । लेस्टर विश्वविद्यालयका अनुसन्धानकर्ताले युकेमा गत वर्ष अस्पताल भर्ना भएका एक हजारभन्दा बढी बिरामीमा गरेको अध्ययनले यस्तो देखाएको हो ।

उपचारको पाँच महिनापछि पनि ७० प्रतिशत अध्ययनमा संलग्न महिलाहरूमा श्वासप्रश्वासको समस्या, थकान, मांसपेशीको दुखाइलगायतका केही अन्य लक्षण रहिरहेको पाइएको हो । महिलाको शरीरले रोगसँग लड्ने तरिका निको भइसके पनि विभिन्न लक्षण देखिनुको कारण हुन सक्ने बताइएको छ ।

cura insider

त्यस्तै, ५० वर्षभन्दा कम उमेरका महिलाहरूमा ग्लास्गो विश्वविद्यालयको अर्को अध्ययनले उपचारको सात महिनापछि श्वासप्रश्वासको समस्या हुने सम्भावना सात गुणा बढी हुने देखाएको छ । साथै, सङ्क्रमणबाट निको भइसके पनि पुरुषको तुलनामा महिलामा थकान महसुस हुने सम्भावना दुई गुणा बढी हुने अध्ययनले देखिएको हो ।

jackson ribon