birat ribon

भारतद्वारा अक्सफोर्ड खोपको सबै निर्यातमाथि अस्थायी रोक

Neuro
भारतद्वारा अक्सफोर्ड खोपको सबै निर्यातमाथि अस्थायी रोक

विराटनगर / भारतले अक्सफोर्ड–एस्ट्राजेनेका खोपको सबै निर्यातमाथि अस्थायी रोक लगाएको छ ।

भारतभित्रै कोरोना भाइरसका बिरामीहरू तीव्र रूपमा बढिरहेका बेला भारतले सो खोपको सबै निर्यातमाथि अस्थायी रोक लगाउने निर्णय गरेको हो ।

cura insider

बीबीसीमा उल्लेख गरेअनुसार कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा दिनमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने बताइएको छ । जसकारण भारतको यस निर्णयले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्नुका साथै कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब एक ९० राष्ट्रलाई असर गर्नसक्ने सम्भावना देखिएको छ ।

भारतले अप्रिलबाट ४५ वर्ष माथिकालाई खोप कार्यक्रम सुरु गर्न लागेको छ जसकारण खोपको माग बढ्ने ठानिएको छ । घरेलु मागले पहिलो प्राथमिकता पाउनुपर्छ भन्दै निर्यात रोक्नु अस्थायी उपाय रहेको बताइएको छ । अप्रिलसम्म खोपको आपूर्ति रोकिने सम्भावना भए पनि मे महिनामा भने अवस्था केही हलुका हुनसक्छ ।

त्यति बेलासम्म अर्को एउटा खोपले आपतकालीन प्रयोगका लागि स्वीकृति पाउने ठानिएको छ । भारतले अहिलेसम्म ७६ देशमा गरी छ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ भने त्यसमा धेरै अक्सफोर्ड–एस्ट्राजेनेकाकै खोप परेको छ ।

jackson ribon