birat ribon

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

Neuro
मोटरसाइकल दुर्घटनामा एक  जनाको मृत्यु

झापा / आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी–१ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे१०प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । रासस

cura insider
jackson ribon