birat ribon

भारतमा दुई पटक उत्परिवर्तित भएको कोरोना भाइरसको नयाँ प्रकार पत्ता लाग्यो

Neuro
भारतमा दुई पटक उत्परिवर्तित भएको कोरोना भाइरसको नयाँ प्रकार पत्ता लाग्यो

विराटनगर / भारतमा दुई पटक उत्परिवर्तित भएको कोरोना भाइरसको नयाँ प्रकार पत्ता लागेको छ ।

भारतका १८ वटा राज्यबाट सङ्कलित नमुनाको परीक्षण गर्दा दुई पटक उत्परिवर्तित (डबल म्युटेन्ट) भएको कोरोना भाइरसको नयाँ प्रकार फेला पारिएको अधिकारीहरूले बताएका छन् । भारतमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको बेलामा कोरोना भाइरसका नयाँ प्रकार देखिएको हो ।

cura insider

दश हजार सात ८७ नमुना परीक्षण गरिएकोमा सात सय ३६ जनामा युके भेरिएन्ट, ३४ जनामा दक्षिण अफ्रिकी र एक जनामा ब्रजिली भेरिएन्टको कोरोना भाइरस देखिएको हो । डबल म्युटेन्टमा भाइरसमा एकसाथ दुईवटा उत्परिवर्तन हुने भाइरोलोजिस्ट डा. शाहीद जमिल बताउँछन् ।
दुई पटक उत्परिवर्तित भएको भाइरसले रोगप्रतिरोधी क्षमतालाई छल्न सक्ने तथा झन् सङ्क्रामक हुन सक्ने डा. जमिलको भनाइ छ ।

तर, सरकारले नयाँ प्रकार र पछिल्लो सङ्क्रमण दरबीच सम्बन्ध नदेखिएको जनाएको छ । बुधबार मात्रै भारतमा ४७ हजार दुई सय ६२ जना सङ्क्रमित थपिएका छन् भने दुई सय ७५ जनाको कोभिडका कारण मृत्यु भएको थियो । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा उच्च सङ्क्रमित र मृतकको सङ्ख्या हो ।

jackson ribon