birat ribon

अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

Neuro
अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

विराटनगर / बलियो नेपाल कप अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

पोखरा प्रिमियर लिग आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बलियो नेपालको पोषण अभियानको सहयोगमा प्रतियोगिता गर्ने भएको हो । लुम्बिनी प्रदेशबाट दाङको लमहीमा अप्रिल ३ देखि १० सम्म प्रतियोगिता हुने छ । यस वर्ष लुम्बिनीमा मात्रै गरिने प्रतियोगिता आगामी वर्षदेखि अन्य प्रदेशहरुमा पनि गरिने भएको छ ।

cura insider

क्विन्स इभेन्ट्सका प्रवन्ध निर्देशक छुम्बी लामाले प्रतियोगिता अघि छनोट चरण हुने बताए । त्यसका लागि आयोजकले ४० वटा नगरपालिकामा किटहरु वितरण गरिसकेको उनको भनाइ छ । मार्च २५ देखि २८ सम्म १८ वटा जिल्लाबाट ट्यालेन्ट हन्ट पनि गराइनेछ । खेलाडी छनोट गरिसकेपछि १२ जिल्लाको टिमबीच चार समूहमा विभाजित गरेर मुख्य प्रतिस्पर्धा हुने लामाले बताए ।

त्यसबाट छनोटमा परेकामध्ये चार टोलीबीच सेमिफाइनल खेलाइनेछ । उनका अनुसार प्रतियोगिताका उत्कृष्ट प्रतिभावान महिला तथा पुरष खेलाडीहरुलाई आगामी दिनमा क्रिकेट सम्बन्धी विभिन्न कार्यक्रमहरुमा समावेश गरिने छ ।

प्रतियोगिता आयोजनामा सहयोग गरेको बलियो नेपालको लागि अमेरिकाको विल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनले चौधरी फाउण्डेसनलाई अनुदान सहायता प्रदान गरेको छ । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले बलियो नेपाल कप नेपाललाई विश्वकप जिताउने लक्ष्यका लागि राम्रो आधार हुने बताए ।

jackson ribon