birat ribon

बङ्गलादेशी प्रधानमन्त्रीको हत्या प्रयासमा १४ जनालाई मृत्युदण्ड

Neuro
बङ्गलादेशी प्रधानमन्त्रीको हत्या प्रयासमा १४ जनालाई मृत्युदण्ड

विराटनगर / बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्न खोज्ने १४ जनालाई मृत्युदण्डको फैसला सुनाइएको छ ।

फैसला सुनाइएकामा कट्टरपन्थी इस्लामी लडाकुहरु रहेका छन् । उनीहरुलाई प्रधानमन्त्रीको हत्या प्रयासमा ढाका अदालतले मृत्युदण्डको फैसला सुनाएको हो । पहिलो कार्यकालमा दुई दशकअघि प्रधानमन्त्री हसिनाको हत्या प्रयास भएको थियो ।

cura insider

ढाकाको एक विशेष अदालतले नौ जना प्रतिवादीको उपस्थितमा मङ्गलबार उक्त मुद्धाको फैसला सुनाएको हो । अन्य अभियुक्त भने फरार रहेका छन् ।
उनीहरु बङ्गलादेशमा प्रतिबन्धित लडाकु समूह हर्कत उल जिहाद अल इस्लामी (हुजी)सँग आवद्ध रहेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

उक्त बम काण्ड प्रधानमन्त्री हसिनाको धर्मनिरिपेक्ष अडानले पैदा गरेको बताइन्छ । त्यतिबेला हुजीले मुस्लिम बाुहल्य रहेको बङ्गलादेशमा कडा इस्लामी कानुन् स्थापना गर्ने विषयमा वकालत गरिरहेका थिए । हसिनाले सम्बोधन गर्ने क्रममा एउटा कलेजमा कार्यक्रमा राखिएको थियो ।

उक्त कलेजमा लडाकुले राखेका दुईवटा बम पत्ता लगाएर निस्कृय पारिएको थियो । उनकै हत्या गर्ने हिसाबले कम राखिएको आंकलन गरिएको थियो । तर समयमै बम निस्कृय पारिएपछि कुनै अप्रीय घटना भने हुन पाएन ।

jackson ribon