birat ribon

उत्तर कोरियाले गर्यो मिसाइल प्रहार

Neuro
उत्तर कोरियाले गर्यो मिसाइल प्रहार

विराटनगर / आफूलाई विश्वकै शक्तिशाली भनेर चिनाउन खोज्ने अमेरिकालाई चुनौती दिँदै उत्तर कोरियाले दुईवटा मिसाइल प्रहार गरेको छ ।

केही दिन अघिमात्र छोटो दुरीको मिसाइल प्रहार गरेको उत्तर कोरियाले बिहीवार दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो। अमेरिक इन्टेलिजेन्स एसेस्मेन्टका उच्च अधिकारीहरुले यसबारे पुष्टि गरेको सीएनएनले जनाएको छ।

cura insider

उक्त मिसाइल परीक्षण जो बाइडेन अमेरिकाको राष्ट्रपति भएपछि पहिलोपटक भएको बताइएको छ। यस घटनाले बाइडेन प्रशासनका लागि चुनौती पनि थपिदिएको बताइएको छ। सी अफ जापान क्षेत्रमा प्रहार गरेको भनिए पनि जापानी पक्षले मिसाइलको अंश आफ्नो जल क्षेत्रमा नखसेको जनाएको छ।

बिहीवार प्रहार गरिएको मिसाइल छोटो वा लामो दुरी कुन प्रकारको हो भन्ने यकिन भइसकेको छैन । अमेरिकाले यसबारे अनुसन्धान जारी राखिएको जनाएको छ । राडार र स्याटलाइनमार्फत अमेरिकाले उत्तर कोरियाले गर्ने हतियार परीक्षणको ट्र्याक गर्ने गरेको उल्लेख गरिएको छ।

jackson ribon