birat ribon

बेलायतका राजकुमार ह्यारी अब नयाँ भूमिकामा

Neuro
बेलायतका राजकुमार ह्यारी अब नयाँ भूमिकामा

विराटनगर / राज परिवार सदस्यको भूमिकाबाट हटेपछि अमेरिका पुगेका बेलायती राजकुमार ह्यारीले अब नयाँ भूमिकामा देखा पर्ने भएका छन् ।

उनले अमेरिकी मानसिक स्वास्थ्य फर्म, ‘बेटर अप’ मा ‘चिफ इम्प्याक्ट अफिसर’ का रुपमा काम गर्ने भएका छन् । उनले यस भूमिकाबाट आफू अत्यन्तै उत्साहित रहेको बताएका हुन् । तर ह्यारीले पाउने कुनै पारिश्रमिक र उनले काम गर्नुपर्ने समयका बारेमा केही पनि खुलाइएको छैन ।

cura insider

गत वर्ष राजपरिवारको सदस्यका भूमिकाबाट पछि हटेका ह्यारी र उनकी पत्नी मेगान अहिले अमेरिकामा बसिरहेका छन् । ह्यारीका अनुसार यो नयाँ काममा उनले मानसिक स्वास्थ्य सम्बन्धी गम्भीर संवादहरु उठाउनेछन् र संवेदनशील विषयमा इमान्दरपूर्वक कुरा गर्नमा समर्थन जनाउनेछन् ।

कम्पनीको पहिलो चिफ इम्प्याक्ट अफिसरका रुपमा ह्यारीले उत्पादन रणनीति सम्बन्धी निर्णय लिनेछन् भने च्यारिटीमा पनि योगदान पुर्याउनेछन् । उनले सार्वजनिक रुपमा मानिसक स्वास्थ्यको विषयमा वकालत गर्नेछन् ।

कर्पोरेटको दुनियाँमा चिफ इम्प्याक्ट अफिसरको पदलाई अत्यन्तै दुर्लभ मानिन्छ । २०१३ मा स्थापना भएको ‘बेटरअप’ ले मोबाइलमा आधारित रहेर प्रोफेसनल प्रशिक्षण, परामर्श र सल्लाह दिने गर्दछ । यसले ६६ मुलुकमा ४९ भाषामा सेवा प्रदान गरिरहेको छ जसका लागि दुई हजारभन्दा धेरै प्रशिक्षकहरु छन् ।

jackson ribon