birat ribon

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Neuro
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

विराटनगर / झापाको शिवसताक्षी नगरपालिका–१ ढुङ्गेल चोकस्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परेर बिहीबार (आज) बिहान एक जनाको मृत्यु भएको छ ।

दक्षिणतर्फ जाँदै गरेको मे १० प ३५६९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा शिवसताक्षी–१ का ४६ वर्षीय किशोर कार्कीको ज्यान गएको हो । प्रहरीका अनुसार बुधबार राति ८ बजेतिर भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा बिर्तामोडको बी एण्ड सी अस्पतालमा बिहान २ बजेतिर मृत्यु भएको हो ।

cura insider

प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको जनाएको छ । मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

jackson ribon