birat ribon

नेपाल–भारत व्यापार प्रवद्र्धनका लागि एकीकृत सन्धी गर्न सुझाव

Neuro
नेपाल–भारत व्यापार प्रवद्र्धनका लागि एकीकृत सन्धी गर्न सुझाव

विराटनगर / नेपाल तथा भारतबीच व्यापार प्रवद्र्धन गर्न हालको नेपाल–भारत वाणिज्य सन्धी, नेपाल–भारत पारवहन सन्धी तथा नेपाल–भारत रेल सर्भिस एग्रिमेन्टलाई विश्व व्यापारको मर्मअनुरुप एकीकृत सन्धी गरिनुपर्ने विज्ञहरुले बताएका छन् ।

भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेललाई नेपाल–भारत उद्योग वाणिज्य संघमा स्वागत गर्दै संघका महासचिव आर।बि। रौनियारले एकीकृत सन्धीको आवश्यकता औंल्याएका हुन् ।
महासचिव रौनियारले नेपाली व्यवसायीहरुले व्यवसायका क्रममा नेपाल–भारत सिमावर्ती क्षेत्रहरु बिहार, उत्तर प्रदेश लगायतका स्थानहरुमा समस्या भएको समयमा सोको निरुपणका लागि नयाँदिल्ली पुग्नुपर्ने भएकोमा उक्त समस्या समाधान गर्न कोलकातास्थित नेपाली कन्सुलेट जनरलको कार्यक्षेत्र वृद्धि गरी अख्तियारी दिइनुपर्ने बताए ।

cura insider

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी तथा महासचिव आर.बि. रौनियारले महावाणिज्यदूत पौडेललाई स्वागत गर्दै नेपाल–भारत वाणिज्य तथा पारवहन एवं रसद (लजिस्टिक) को क्षेत्रमा विद्यमान समस्याहरुको बारेमा बुँदागत रुपमा जानकारी गराएका थिए । कारोबार दैनिकमा समाचार छ

jackson ribon