birat ribon

नेपालमा सङ्क्रमण उच्च, लकडाउनको सङ्केत

Neuro
नेपालमा सङ्क्रमण उच्च, लकडाउनको सङ्केत

विराटनगर / छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरुमा कोरोना सङ्क्रमण तीव्र भएको छ ।

यसको असर नेपालमा पनि साताभित्रै देखिन सक्छ । केही दिनयता मुलुकभित्र सङ्क्रमितको सङ्ख्या पनि बढ्दो देखिएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार आमजनतालाई सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयले सङ्क्रमण दर उच्च हुँदै गए लकडाउनसम्म हुनसक्ने सङ्केत गरेको छ ।

cura insider

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सङ्क्रमण दर उच्च भएमा लकडाउनसमेत हुन सक्ने भन्दै आमजनतालाई सतर्क हुन आग्रह गरेका छन् । ‘सङ्क्रमण दर उच्च भए त्यसको चेन ब्रेन गर्न लकडाउन पनि गर्नुपर्ने अवस्था आउन सक्छ । अन्य अवस्थामा जनस्वास्थ्य मापदण्ड अपनाएर नियमित काम जारी राख्नुपर्छ, उनले भने । उनले होली पर्व पनि सामाजिक दूरी कायम गरी मनाउन आग्रह गरे । नागरिक दैनिकमा समाचार छ

jackson ribon