birat ribon

कोरोना भयावह हुन नदिऔँ : प्रधानमन्त्री

Neuro
कोरोना भयावह हुन नदिऔँ : प्रधानमन्त्री

विराटनगर / प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै अवस्था भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन्।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले भयावहको स्थिति नभए पनि ध्यान दिन भने जरुरी रहेको बताए । ‘तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोज्या हो कि, यद्यपि स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनुभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ,’ उनले भने ।

cura insider

कोरोनाको पूर्णरूपमा नियनत्रण नहुन्जेलसम्म सामाजिक दूरी कायम राख्नुपर्ने बताउँदै उनले खोप लगाएर कोभिड–१९ को सङ्क्रमण निर्मूल पार्न सजिलो नभएको जनाएका छन् । प्रधानमन्त्री ओलीले अन्य देशका तुलनामा नेपालमा कोभिड–१९ सङ्क्रमणको असर कम परेको भन्दै उनले सङ्क्रमण बढ्न नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन मान्नुपर्ने बताए । राजधानी दैनिकमा समाचार छ

jackson ribon