birat ribon

त्रिदेशीय कप : नेपाल र किर्गिस्तान भिड्दै

Neuro
त्रिदेशीय कप : नेपाल र किर्गिस्तान भिड्दै

काठमाडौँ / थ्री नेसन्स कपमा आज नेपालले किर्गिस्तानको यु–२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने यो खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

बाल गोपाल महर्जनको नेतृत्वमा रहेको नेपाली टोली आज किर्गिस्तानको ओलम्पिक टोलीलाई हराउँदै फाइनल पुग्ने दाउमा छ । ‘थ्री नेशन्स कप’को पहिलो खेलमा किर्गिस्तानले बङ्गलादेशसँग १–० को हार बेहोरेको थियो ।

cura insider

प्रतियोगिताको फाइनलमा पुग्न किर्गिस्तानले नेपालविरुद्धको खेल जित्नैपर्ने दबाब हुन्छ । नेपालले भने घरेलु दर्शकको समर्थनमा किर्गिस्तानलाई हराए स्वतः फाइनलको लागि बङ्गलादेशसँगको भेट सुनिश्चित गर्नेछ ।

नेपालको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्दैछन् ।

यस्तो छ नेपाली टिम :

गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की

डिफेन्डर – रञ्जित धिमाल, निशान लिम्बू, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ

मिडफिल्डर – त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रवि शङ्कर पासवान

फरवार्ड – अञ्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास

jackson ribon