birat ribon

जसपालाई आठ मन्त्रालयको अफर

Neuro
जसपालाई आठ मन्त्रालयको अफर

विराटनगर / जनता समाजवादी पार्टी (जसपा) का माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ ।

सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेका छन् । जसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

cura insider

‘मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा कसरी फिर्ता लिन सकिन्छ भन्ने विषयमा प्रस्ट कुराकानी भयो,’ महतोले भने, ‘कुनै मुद्दा अदालती प्रक्रियाबाट फिर्ता लिनुपर्ने हुन्छ भने कुनै मुद्दा जिल्ला प्रशासन कार्यालयबाटै फिर्ता लिए पुग्छ ।’ भेटमा रेशम चौधरीको रिहाइ कुन प्रक्रियाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ ।

भेटमा प्रधानमन्त्रीले जसपाका नेताहरुसँग सरकारमा आउन आग्रह गरेका थिए । महतोले भने यसबारेमा कुराकानी नै नभएको दाबी गरे । नागरिक दैनिकमा समाचार छ

jackson ribon