birat ribon

वेल्समाथि बेल्जियमको जित

Neuro
वेल्समाथि बेल्जियमको जित

विराटनगर / सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट खेलमा बेल्जियमले वेल्समाथि जित निकालेको छ । बुधबार राति भएको युरोपियन छनोटमा बेल्जिमयले वेल्समाथि ३–१ गोलको जित निकालेको हो ।

घरेलु मैदानमा बेल्जियमलाई जिताउन केभिन डी ब्रुयन, थोर्गान हाजार्ड र रोमेलु लुकाकुले समान एक–एक गोल गरे । वेल्सका ह्यारी विल्सनले एक गोल गरे ।

cura insider

खेलको दसौँ मिनेटमा विल्सनले गोल गर्दै वेल्सलाई सुरुआती अग्रता दिलाएका थिए । २२औँ मिनेटमा ब्रुयनले गोल गर्दै बेल्जियमलाई बराबरीमा फर्काए ।

२८औँ मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाउँदा ७३औँ मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै ३–१ गोलको जित सुनिश्चत गरे ।

जितसँगै समूह ‘ई’को बेल्जियमले तीन अङ्क जोडेको छ । ऊ दोस्रो स्थानमा छ ।

jackson ribon