birat ribon

विश्वकप छनोट : पोर्चुगलको सुखद सुरुआत

Neuro
विश्वकप छनोट : पोर्चुगलको सुखद सुरुआत

विराटनगर / सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट खेलअन्तर्गत पोर्चुगलले सुखद सुरुआत गरेको छ । बुधबार राति भएको युरोपियन छनोटको पहिलो खेलमा पोर्चुगलले अजरबैजानमाथि १–० गोलको जित निकालेको हो ।

इटालीस्थित युभेन्टस स्टेडियममा पोर्चुगलले आत्मघाती गोलमा जित निकालेको हो । खेलको ३७औँ मिनेटमा अजरबैजानका माक्सिम मेदभेदेवले आफ्नै पोस्टमा गरेको गोल नै पोर्चुगलको जितमा निर्णायक बन्यो ।

cura insider
Image

यससँगै पोर्चुगलले विश्वकप छनोटमा लगातार दस खेलमा जितन निकाल्यो । जितसँगै समूह ‘ए’मा रहेको पोर्चुगलले तीन अङ्क जोडेको छ ।

jackson ribon