birat ribon

‘सुनसरी लिटिल प्रिन्स एन्ड एन्जल सिजन २’ को उपाधि प्रत्युश र प्रतिशालाई

Neuro
‘सुनसरी लिटिल प्रिन्स एन्ड एन्जल सिजन २’ को उपाधि प्रत्युश र प्रतिशालाई

इटहरी / ‘सुनसरी लिटिल प्रिन्स एन्ड एन्जल सिजन–२’को उपाधि प्रत्युश गुरुङ र प्रतिशा डङ्गोलले जितेका छन् । शनिबार इटहरीमा सम्पन्न भएको कार्यक्रममा प्रिन्सतर्फबाट प्रत्युशले र एन्जलतर्फबाट प्रतिशाले उपाधि हात पारेकी हुन् ।

विजेताहरूले नगद २०–२० हजारसहित ट्रफी, क्राउन र प्रमाणपत्र प्राप्त गरे । फाइनलका लागि निर्णायकको रूपमा इभेन्ट को–अर्डिनेटर तथा होप धरानका अध्यक्ष निश्चल पालिखे, मिस्टर इन्टरनेसनल २०१८ का विजेता साजिद आलम, मिस कोसी २०१६ तथा इभेन्ट को–अर्डिनेटर नीतिक्षा पाठक, फेसन मोडल ट्रेनर रोनक अग्रवाल र इभेन्ट अर्गनाइजर बिन्दिया कार्की रहेका थिए ।

cura insider
jackson ribon