birat ribon

मास्क नलगाउनेलाई कारवाही गर्ने निर्णय

Neuro
मास्क नलगाउनेलाई कारवाही गर्ने निर्णय

सिन्धुपाल्चोक / जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मास्क नलगाउनेहरूलाई संक्रामक रोग ऐनबमोजिम कारबाही गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

छिमेकी मुलक भारतमा हाल कोभिड–१९ को प्रकोप बढ्दै गएको र मृत्युदरमा समेत वृद्धि भइरहेको सन्दर्भमा नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन थप स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गराउने निर्णय भएको प्रशासनले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

cura insider

केन्द्रको बैठकले कोभिड–१९ सङ्क्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्न सबै स्थानीय तहहरूलाई अनुरोध गर्ने र स्वास्थ्य केन्द्रहरूबाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन स्वास्थ्य कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यस्तै, कोभिड–१९ सङ्क्रमण थप फैलन नदिन विद्युतीय माध्यमबाट चेतनामूलक सन्देश प्रशारण गर्ने र स्वास्थ्य परीक्षण गराई सङ्क्रमणको अवस्था पहिचान गरिने समेत बताइएको छ ।

बैठकले सेनिटाइजर, मास्क र सामाजिक दूरीको मापदण्ड पालना गर्न गराउन कडाई गर्ने निर्णय गरेको छ । त्यसैगरी, फागु पूर्णिमा र नयाँ वर्षको सन्दर्भमा होटल, रेस्टुरेन्टलगायत स्थलहरूमा अनावश्यक भिडभाड हुन नदिने, सेवाग्राहीहरूलाई त्यस्ता स्थानको प्रवेशद्वारमा ज्वरो परीक्षण एवं कोभिडका लक्षणहरू जाँचबुझ गरेर अनिवार्य रूपमा मास्क लगाएर मात्र प्रवेश गराउने र पर्याप्त मात्रामा हात धुने व्यवस्था वा ह्याण्ड सेनिटाइजरको व्यवस्था मिलाउने र दूरी कायम गरी बस्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णयसमेत भएको छ ।

यस्तै, रात्रिकालीन समयमा सञ्चालन हुने व्यवसायको सन्दर्भमा जिल्लाको कोभिड–१९ सङ्क्रमणको अवस्थासमेत विचार गरी भिडभाड हुन नदिने व्यवस्था मिलाउनुको साथै सीमा नाकाहरूबाट आउने यात्रुहरूको आवतजावतलाई व्यवस्थित गरी उनीहरूको अनिवार्य रूपमा अभिलेख राख्न सुरक्षा निकायहरू र हेल्थ डेस्कलाई निर्देशनसमेत दिइएको छ ।

बैठकले भारत तथा अन्य प्रभावित मुलुकबाट आएका व्यक्तिहरूको अभिलेख राख्ने अनिवार्य रूपमा होम या संस्थागत क्वारेन्टाइनमा कम्तिमा १० दिन राख्ने, लक्षण सङ्केत देखिएमा परीक्षणको लागि पहल गर्ने र कोभिड–१९ विरुद्ध जनस्वास्थ्य मापदण्डहरू अपनाउनेसम्बन्धी सचेतना अभियान सञ्चालन गर्न स्थानीय तहहरू र सरोकारवाला निकायहरूलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

jackson ribon