birat ribon

कोइम्यानले सम्झौता थपे

Neuro
कोइम्यानले सम्झौता थपे

विराटनगर / बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यान र अध्यक्ष जोआन लापोर्टाले पहिलोपटक भेटघाट गरेका छन् । लापोर्टा अध्यक्ष बनेपछि उनीहरू दुईबीच पहिलोपटक भेटघाट भएको हो ।

मङ्गलबार उनीहरूले भेटघाट गरेका हुन् । भेटपछि डच प्रशिक्षक कोइम्यानले आफूले क्याटलान क्लबसँग सम्झौता थपेको जानकारी गराएका छन् । अब उनी २०२१–२२ को सिजन पनि बार्सिलोनाको बेन्चमा बस्नेछन् ।

cura insider

त्यसबाहेक उनीहरूबीच नयाँ खेलाडी अनुबन्ध गर्ने विषयमा पनि छलफल भएको थियो । कोइम्यानले फरवार्ड क्लबमा खाँचो रहेको भन्दै लापोर्टासँग टोलीमा नयाँ फरवार्ड भित्र्याउने मेसो मिलाउन आग्रह गरेका थिए ।

jackson ribon