birat ribon

फेरि अस्पताल भर्ना भए इटालीका पूर्वप्रधानमन्त्री बेर्लुस्कोनी

Neuro
फेरि अस्पताल भर्ना भए इटालीका पूर्वप्रधानमन्त्री बेर्लुस्कोनी

विराटनगर / इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनी फेरि अस्पताल भर्ना भएका छन् । अदालतमा सुनुवाई चलिरहेका बेला उनलाई बुधबार फेरि अस्पताल भर्ना गर्नुपरेको उनका वकिलहरूले जानकारी दिएका छन् ।

सन् १९८० को दशकदेखि इटलीमा प्रभावशाली व्यक्तिका रूपमा रहेका बेर्लुस्कोनी इटालीको तीन पटक प्रधानमन्त्री बनेका थिए । उनी सञ्चार उद्यमीसँगै अरू धेरै व्यवसायिक संलग्नताका कारण देशमा प्रभावशाली बन्दै राजनीतिक नेतृत्वमा आएका थिए ।

cura insider

लामो समय देशमा निर्णायक जस्तै बन्दै आउनु भएका ८४ वर्षीय बेर्लुस्कोनी पछिल्लो केही समयदेखि अस्वस्थ भएका छन् । सन् २०१६ मा उनको मुटुको शल्यक्रिया गरिएको थियो ।

गत सेप्टेम्बरमा पनि उनलाई ११ दिन अस्पताल राख्नु परेको थियो । उनलाई त्यतिबेला कोरोनाभाइरसको सङ्क्रमणसमेत पुष्टि भएको थियो ।

jackson ribon