birat ribon

सुन्दरहरैँचा पत्रकार समूहद्वारा शैक्षिक सामग्री वितरण

Neuro
सुन्दरहरैँचा पत्रकार समूहद्वारा शैक्षिक सामग्री वितरण

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित श्री पञ्चायत माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सुन्दरहरैंचा पत्रकार समूहले शैक्षिक सामग्री वितरण गरेको छ । बुधबार पत्रकार समूहले एक कार्यक्रमको आयोजना गरी विद्यालयमा पढ्ने स–साना नानीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

शैक्षिक सामग्री वितरणको कार्यक्रममा प्रमुख अतिथि रहेका वडा नं ७ का वडाध्यक्ष चैतन्यप्रसाद सिटौलाले विद्यालयको शैक्षिक गुणस्तरलाई माथि उठाउन साथै आवश्यक सहयोग गर्न सधैँ तयार रहेको बताए ।

cura insider

उनले सुन्दरहरैँचा पत्रकार समूहले विद्यार्थीहरूलाई वितरण गरेको शैक्षिक सामग्री महत्त्वपूर्ण भएको साथै यसबाट अरूले पनि समाजमा राम्रो काम गर्न अघि बढ्नुपर्ने धारणा राखे ।

No description available.

कार्यक्रममा सुन्दरहरैँचा पत्रकार समूहका संयोजक मणिराम दाहालले सरकारी विद्यालयमा पढ्ने स–साना नानीहरूलाई शैक्षिक सामग्री वितरण गरी आफूले सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले पत्रकारिता गरेर कलम चलाउँदा समाज सु–सूचित हुने तथा सामाजिक काम गर्न पाउँदा समाजप्रतिको उतरदायित्व बहन हुने धारणा राखेका थिए ।

शैक्षिक समाग्री वितरणको कार्यक्रममा विद्यालयका प्रअ गुरुप्रसाद अधिकारले शैक्षिक सामग्री वितरणबाट विद्यार्थीको उज्जल भविष्य निमार्णमा सहयोग पुग्ने अपेक्षा गरेको बताए ।

No description available.

२०२१ सालमा स्थापना भएको यस विद्यालयमा पढ्ने नानीहरूलाई लक्षित गरी हौसला दिने उद्देश्यले आवश्यक शैक्षिक सामग्री वितरण गरिनु राम्रो काम भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोमबहादुर श्रेष्ठले बताए ।

शैक्षिक सामग्री वितरणको कार्यक्रममा सुन्दरहरैँचा पत्रकार समूहका राज पोखरेल, एल एन गच्छदार, माधव काफ्लेलगायतको सहभागिता रहेको थियो । कार्यक्रम समूहका सदस्य तथा सञ्चारकर्मी ज्ञानु घिमिरेको सञ्चालनमा भएको थियो ।

No description available.

jackson ribon