birat ribon

बूढीगङ्गा एक्टिभद्वारा विद्यार्थीलाई ब्याग वितरण

Neuro
बूढीगङ्गा एक्टिभद्वारा विद्यार्थीलाई ब्याग वितरण

विराटनगर / मोरङको बूढीगङ्गा–५ स्थित दुर्गा प्राथमिक विद्यालयका विद्यार्थीलाई लायन्स क्लब अफ बूढीगङ्गा एक्टिभले ब्याग वितरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरेर उक्त विद्यालयमा क्लबले ब्याग वितरण गरेको हो ।

विपन्न परिवारका बालबालिकाले ब्यागको अभावमा हातमा नै पाठ्यपुस्तक बोक्नुपर्ने अवस्था देखेपछि ब्याग वितरण गरिएको क्लबकी अध्यक्ष राधिका आचार्यले बताइन् । विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई ब्याग वितरण गरिएको उनको भनाइ छ । यसले विद्यार्थीहरूलाई केही राहत मिल्ने र थप सहयोग गर्ने क्लबले जनाएको छ ।

cura insider
jackson ribon