birat ribon

नक्कली सुन दिएर ठगी गर्ने व्यक्तिसँग प्रेस कार्ड

Neuro
नक्कली सुन दिएर ठगी गर्ने व्यक्तिसँग प्रेस कार्ड

विराटनगर / सुनसरीमा ठगी आरोपमा पक्राउ परेका व्यक्तिसँग प्रेस कार्ड बरामद भएको छ । नक्कली सुन दिएर चार लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्तिसँग प्रेस कार्ड बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीले ठगी आरोपमा सुनसरीको इनरुवा नगरपालिका–१० का ४१ वर्षीय जलाउदिन मियाँ र इटहरी उपमहानगरपालिका–९ का २० वर्षीय फैजान आलमलाई पक्राउ गरेको थियो । मियाँको साथबाट प्रेस कार्ड बरामद भएको हो । उनको साथबाट सुनसरी पोस्टबाट जारी भएको प्रेस कार्ड बरामद भएको प्रहरीले जनाएको छ ।

cura insider

दुई जनामाथि इटहरी–८ गैसारका ३८ वर्षीय यज्ञबिक्रम ठकुरीलाई नक्कली सुनको टुक्रा दिएर चार लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
चैत ५ गते सस्तो जमिन खरिद गर्ने भन्दै एक दिनमा फिर्ता गर्ने सर्तमा चार लाख रुपैयाँ लिएर गएका थिए । पैसा लाने क्रममा आफूसँग भएको १० ग्रामबराबरका ८ वठा सुनको सिक्का दिएका थिए । तर उनी पछि पैसा तिर्न आएनन् । छिमेकीलाई देखाउँदा नक्कली सुन भनेपछि प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले आलमलाई इटहरीबाट र मियाँलाई इनरुवाबाट पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध ठगी मुद्दामा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

jackson ribon