birat ribon

विराटनगरमा फेरि बढ्यो कोरोना, प्रधानमन्त्री आउने कार्यक्रम स्थगित

Neuro
विराटनगरमा फेरि बढ्यो कोरोना, प्रधानमन्त्री आउने कार्यक्रम स्थगित

विराटनगर । विराटनगरमा पुन कोरोना सङ्क्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम स्थगित भएको छ । चैत १३ गते प्रधानमन्त्री ओली विराटनगर आउने कार्यक्रम थियो । तर कोरोना सङ्क्रमण बढेपछि प्रधानमन्त्री आउने कार्यक्रम स्थगित भएको हाे ।

पछिल्लो समय विराटनगरमा कोरोना सङ्क्रमण बढ्दो छ । बुधबार मात्रै १० जना कोरोना सङ्क्रमित भटिएका छन् । यो सँगै पछिल्लो एकसातामा विराटनगर भेटिएका कोरोना सङ्क्रमितको सङ्ख्या १७ पुगेको छ ।

cura insider

नेकपा (एमाले) प्रदेश १ का कमिटी सचिव विनाेद ढकालका अनुसार सङ्क्रमणको जोखिम भएकाले तत्कालका लागि कार्यक्रम स्थगित गरिएको हो । सरकारले नै सतर्कता अपनाउन आग्रह गरेका कारण प्रधानमन्त्री आउने कार्यक्रम स्थगित गरिएको उनले बताए ।

चैत १३ गते प्रधानमन्त्री केपी शर्मा ओली अगुवा कार्यकता भेला र उद्योग संगठन मोरङले आयोजना गर्ने कार्यक्रममा सहभागि हुने कार्यतालिका थियो ।

jackson ribon