birat ribon

रियलले बोलाएमा रोनाल्डो युभेन्टस छोड्न तयार

Neuro
रियलले बोलाएमा रोनाल्डो युभेन्टस छोड्न तयार

विराटनगर / पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टसमा ‘गोल मेसिन’का रूपमा छन् । यस सिजन ३४ खेल खेल्दा ३० गोल गरेका रोनाल्डोले प्रायः सिजन आफूलाई गोल मेसिनका रूपमा चिनाउँदै पनि आएका छन् ।

अघिल्लो सिजन ४६ खेलमा ३७ गोल गरेका उनले २०१८–१९ को सिजनमा ४३ खेलमा २८ गोल गरेका थिए । व्यक्तिगत प्रदर्शन राम्रो हुँदा पनि टोलीलाई उपाधि दिलाउन सङ्घर्षरत रोनाल्डोले यसै सिजन इटाली छोड्नसक्ने रिपोर्टहरू सार्वजनिक हुँदैआएका छन् ।

cura insider

पूर्वक्लब रियलका खेलाडी–प्रशिक्षकले पनि रोनाल्डो स्पेन फर्किनसक्ने आँकलन गर्दैआएका छन् । रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले युभेन्टस छोडेर पूर्वक्लब रियल फर्किने कुरा सत्य पनि हुनसक्ने भन्दै रोनाल्डो बर्नाबेउ फर्किन सङ्केत दिएका हुन् ।

‘रोनाल्डो रियल फर्किने हल्लाहरू साँचो पनि हुन्छन् ! पक्कै पनि यस्तो हुनसक्छ’, उनले अटलान्टाविरुद्धको खेलअघि भनेका छन्, ‘हामी रोनाल्डोलाई जान्दछौँ, हामीलाई राम्ररी थाहा छ कि उनले रोनाल्डोका लागि कतिसम्म गरेका छन् ।’

‘तर, अहिले उनी युभेन्टसका एक खेलाडी हुन् । उनले अर्कै क्लबका लागि खेलिरहेका छन् । हामी हेर्नेछौँ कि उनको भविष्य के हुनेछ भनेर’, उनले थपे ।

यता, रियलले बोलाएमा रोनाल्डो पनि युभेन्टस फर्किने रिपोर्ट सार्वजनिक भएको छ । इटालियन मिडियाले जनाएअनुसार रियलले रोनाल्डोलाई भित्रउनका लागि प्रक्रिया सुरु भएमा डिल पक्का हुनसक्ने छ ।

युभेन्टसले अब सिरी ‘ए’मा ११ खेल खेल्न बाँकी छ । साविक विजेता युभेन्टस उपाधि होडभन्दा धेरै टाढा छ । अनि च्याम्पियन्स लिगबाट भने ऊ आउट भइसकेको छ । तथापि, युभेन्टस कोपा इटालियाको उपाधि जित्ने अपेक्षामा छ । युभेन्टसले १९ मेमा उपाधिका लागि अटलान्टाको सामना गर्दैछ ।

jackson ribon