birat ribon

महाधिवेशनबारे छलफल गर्न काङ्ग्रेसले बोलायो केन्द्रीय समिति बैठक

Neuro
महाधिवेशनबारे छलफल गर्न काङ्ग्रेसले बोलायो केन्द्रीय समिति बैठक

कांग्रेस मुख्यसचिव कृष्ण पौडेलका अनुसार सोमबार बसेको काङ्ग्रेस पदाधिकारी, पूर्वपदाधिकारीको बैठकमा भएको सहमतिअनुसार केन्द्रीय समिति बैठक बोलाइएको हो ।

बैठकमा क्रियाशील सदस्यता छानबिन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

cura insider

चैत १० गतेसम्म क्रियाशील सदस्यता टुंगो लागिसक्नुपर्ने भए पनि काम अझै सकिएको छैन । २० गतेको बैठकमा कार्यतालिका संशोधनबारे पनि निर्णय हुने पौडेलले जनाए ।

नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा हुने छ ।

jackson ribon