birat ribon

मिस एन्ड मिस्टर विराटनगरका विजेता सम्मानित

Neuro
मिस एन्ड मिस्टर विराटनगरका विजेता सम्मानित

विराटनगर / विराटनगरस्थित भानु कलेजले मिस विराटनगरसहित विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
बुधबार कलेज परिसरमा आयोजित कार्यक्रममा मिस विराटनगर–२०२० की विजेता निष्ठा बस्नेतलाई कलेजले नगदसहित सम्मान गरेको हो ।

स्रष्टा समाज र डिजाइन बैङ्क काठमाडौँको आयोजना भएको मिस विराटनगरको ताज पहिरिन सफल बस्नेत भानु कलेजको कक्षा ११ मा अध्ययनरत छिन् ।

cura insider

बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कवि एवम् पत्रकार मीनकुमार नवोदित, कलेजका अध्यक्ष महेन्द्र सिटौला, प्रिन्सिपल मोहन श्रेष्ठ, अतिरिक्त क्रियाकलाप संयोजक देवेश प्रधान, कलेजका को–अर्डिनेटर एके दासलगायतले सम्मान गरेका थिए ।

त्यस्तै, सोही अवसरमा मिस्टर विराटनगरका सेकेन्ड रनरअप सुजन राजबाहक, मिस फिजिकतर्फ प्रेक्षा कटवाल र मिस्टर फिजिकको उपाधि जित्न सफल रमण साहलाई पनि सम्मान गरिएको थियो । उनीहरू सबै सोही कलेजमा अध्ययनरत छन् ।

jackson ribon