birat ribon

प्रहरीद्वारा तस्करीका लत्ताकपडा बरामद

Neuro
प्रहरीद्वारा तस्करीका लत्ताकपडा बरामद

विराटनगर / अवैध रूपमा भन्सार छलेर ल्याइएका करिब साढे दुई लाख रुपैयाँबराबरका लत्ताकपडा विराटनगरबाट प्रहरीले बरामद गरेको छ । फागुन १० गते विराटनगर–१५ बर्मा टोल नजिकबाट बेवारिसे अवस्थामा रहेका लत्ताकपडा र इलेक्ट्रोनिक्स सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

प्लास्टिकका बोरामा बेवारिसे अवस्थामा रहेका ती सामान १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले फेला पारी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको छ ।

cura insider

बरामद गरिएका सामानमा झ्याल ढोकामा लागाउने पर्दा ती सय पिस, जेन्स कुर्ती ८४ पिस, लेडिज कुर्ता चार सय ५३ पिस, ग्यास चुलाको सामान १४ फ्याकेट, वासर १० प्याकेट, स्प्रिङ १ प्याकेट, इलेक्टोनिक सामान एक कार्टुन, सिलिङ पङ्खाको पत्ता दुई सय पिस, अन्दाजी एक सय केजी सिद्रा रहेको प्रहरीले जनाएको छ ।

jackson ribon