birat ribon

क्रिकेट टोलीका मुख्य प्रशिक्षक वाटमोर प्रदेश एक आइपुगे

Neuro
क्रिकेट टोलीका मुख्य प्रशिक्षक वाटमोर प्रदेश एक आइपुगे

विराटनगर / नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव वाटमोर विराटनगर आइपुगेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजना र राष्ट्रिय खेलकुद परिषद् पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, प्रादेशिक क्रिकेट सङ्घ, प्रदेश एक र मोरङ जिल्ला क्रिकेट सङ्घको सहकार्यमा आयोजना गरिएको ‘नेपाल आउटरिच प्रोगाम’मा सहभागिताका लागि उनी विराटनगर आएका हुन् । उनले प्रदेश एकमा रहेका प्रशिक्षक, महिला तथा पुरुष राष्ट्रिय खेलाडी, प्रदेश, जिल्ला, एकेडेमी र विद्यालयका खेलाडीहरूलाइ प्रशिक्षण दिनेछन् ।

चार दिनसम्म आयोजना हुने प्रशिक्षणअन्तर्गत बुधबार बिहान प्रदेश एकभरिका प्रशिक्षक र अफिसियलहरूलाई वाटमोरले विशेष प्रशिक्षण दिएका थिए । यस्तै, वर्कशपअन्तर्गत वाटमोर र सहभागी प्रशिक्षक, अफिसियलहरूबीच अनुभव आदान–प्रदानसमेत गरिएको थियो ।

cura insider

वर्कशपअन्तर्गत आज नै वाटमोरले वैजनाथपुरस्थित क्रिकेट रङ्गशालामा प्रदेश एकभरिका विभिन्न विद्यालयहरूका विद्यार्थीहरूको खेल–कौशल हेर्ने, विशेष प्रतिभा भएका खेलाडीहरूलाई छनोट गर्ने र प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

चार दिनसम्म प्रदेश राजधानी विराटनगरमा सञ्चालन हुने वर्कशपको दोस्रो र तेस्रो दिन प्रदेशभरिका राष्ट्रिय महिला तथा पुरुष खेलाडीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । यस्तै, वर्कशपको अन्तिम दिन केही मैत्रीपूर्ण क्रिकेट खेल र प्रशिक्षण हुने कार्यक्रम तालिका रहेको प्रादेशिक क्रिकेट सङ्घ प्रदेश एकका उपाध्यक्ष नवीन घिमिरेले जानकारी दिए ।

वर्कशपमा मुख्य प्रशिक्षक वाटमोरसँगै प्रशिक्षक जगत टमाटा, फिजियो विक्रम न्यौपाने, प्रदेश एक क्रिकेट टोलीका प्रशिक्षक प्रदीपराज पाण्डे, जिल्ला क्रिकेट सङ्घ मोरङका प्रशिक्षक महेश रिजाल सहभागी हुनेछन् ।

jackson ribon