birat ribon

‘ए’ डिभिजन फुटसल : प्रदेश २ को छनोट स्थगित

Neuro
‘ए’ डिभिजन फुटसल : प्रदेश २ को छनोट स्थगित

विराटनगर / प्रदेश २ मा ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको छनोट स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिब इन्द्रमान तुलाधरले बुधबार विज्ञप्ति जारी गर्दै लिगको छनोट खेल रद्द गरिएको जानकारी दिए ।

उनले हेटौँडामा गर्ने भनिएको लिगको छनोट खेल प्राविधिक कारणले प्रतियोगिता स्थगित भएको बताएका छन् । लिग खेल चैत ८ गतेदेखि १२ गतेसम्म हुने तय गरिएको थियो । प्रदेश २ मा फुटबल खेल्ने स्तरीय रङ्गशालासमेत नरहेको अवस्थामा एन्फाले हेटौँडामा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको थियो ।

cura insider

एन्फाका प्रवक्ता किरण राईले ‘ए’ डिभिजन फुटसल लिग खेल्न कुनै टोलीले नाम दर्ता नगराएपछि प्रतियोगिता नै रद्द गर्नुपरेको बताए । मोफसलको प्रत्येक प्रदेशमा हुने छनोट प्रतियोगितामा फाइनलसम्म पुग्ने दुई–दुई टोली ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको लागि छनोट हुनेछन् । उक्त लिग जेठ १ गतेदेखि २१ गतेसम्म चल्नेछ ।

यसअघि प्रदेश १ बाट सुनसरीको धरान टोली र द राइजिङ फुटसल राष्ट्रिय लिग खेल्न छनोट भइसकेका छन् ।

jackson ribon