birat ribon

मोफसल फुटबल प्रतियोगिताको तालिका हेरफेर

Neuro
मोफसल फुटबल प्रतियोगिताको तालिका हेरफेर

काठमाडौँ / अखिल नपाल सङ्घ –एन्फा)ले देशभरि हुने विभिन्न नकआउट प्रतियोगिताको खेल तालिकामा हेरफेर गरेको छ । एन्फाले देशको विभिन्न स्थानमा हुने १४ वटा नकआउट प्रतियोगिताको तालिका हेरफेर गरेको हो ।

एन्फाको प्रतियोगिता विभागले सार्वजनिक गरेको तालिकाअनुसार १४ वटै नकआउट प्रतियोगिता चैत महिनादेखि जेठसम्म सञ्चालन हुनेछ । तालिकाअनुसार आहा रारा गोल्ड कप चैत १७ गतेदेखि २८ गतेसम्म हुनेछ ।

cura insider

यस्तै राजर्षी जनक गोल्ड कप चैत २१ गतेदेखि ३० गतेभित्र हुनेछ भने विराट गोल्ड कप चैत २६ गतेदेखि वैशाख ४ गतेसम्म हुनेछ । महात्मा बुद्ध गोल्ड कप चैत २७ देखि वैशाख ५ गतेसम्म हुँदा चैत ३० गतेदेखि वैशाख ८ गतेसम्म सिमरा गोल्ड कप आयोजना हुनेछ ।

वागेश्वरी गोल्ड कप चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ भने मदन भण्डारी गोल्ड कप वैशाख २ गतेदेखि ९ गतेसम्म चल्नेछ । बेलबारी अन्तर्राष्ट्रिय प्रतियोगिता जेठ ६ गतेदेखि १५ गतेसम्म हुने तय गरिएको छ ।

पाँचौँ अन्तर्राष्ट्रिय भरोल प्रतियोगिता चैत २१ गतेदेखि २८ गतेसम्म हुनेछ । विजय खड्गी स्मृति कप फुटबल प्रतियोगिताको मिति चैत १२ देखि २१ गतेसम्मका लागि तय गरिएको छ ।

वागमती गोल्ड कप चैत १३ देखि २२ गतेसम्म, शुभकामना गोल्ड कप फुटबल प्रतियोगिता जेठ १ गतेदेखि ८ गतेसम्म तथा रमपम उदयपुर गोल्ड कप जेठ २९ गतेदेखि असार ५ गतेसम्म हुने तय गरिएको छ ।

jackson ribon