birat ribon

घर वा कोठामा चप्पल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक

Neuro
घर वा कोठामा चप्पल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक

विराटनगर / धार्मिक परम्परा तथा सरसफाइका कारण घर वा कोठामा चप्पल लगाउन नहुने मान्यता छ ।

तर, चप्पल लगाउनुका धेरै फाइदा हुन्छन् । धेरैजसो मानिस प्रायः पटक–पटक चिसो र फ्लूबाट ग्रस्त हुन्छन् । यसबाट बच्नका लागि शरीरको प्रतिरक्षा प्रणाली बढाउनेमा ध्यान केन्द्रित गर्न आवश्यक हुन्छ । तर, त्यहाँ केही सामान्य गल्तीहरू छन् जुन यसका लागि जिम्मेवार हुन सक्छ । घरमा वा कोठामा चप्पल नलगाउँदा शरीरको तातो खुट्टाबाट बाहिर जाने हुन्छ ।

cura insider

शरीरले आफ्नो तापक्रम गुमाउँदै जान्छ, रक्तसञ्चार घट्छ, जसकारण चिसो र फ्लूजस्तो धेरै सामान्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ । चप्पल लगाउँदा खुट्टामा सुरक्षा प्रदान गर्नुका साथै रगत प्रवाहलाई सामान्य राख्न मद्दत गर्छ र यसले प्रतिरक्षा प्रणालीलाई रोगविरुद्ध लड्न अनुमति दिन्छ ।

घरको भुइँ सफा भएको कारण मानिसहरू घरमा वा कोठामा चप्पल लगाउने गर्दैनन् । भुइँ सफा देखिए पनि त्यहाँ धेरै किटाणु र ब्याक्टेरिया हुन्छन् जसलाई आँखाले देख्न सकिँदैन । चप्पल लगाउँदा किटाणु र ब्याक्टेरियाबाट हुनसक्ने सरुवा खुट्टाको समस्या वा सङ्क्रमणबाट बचाउन मद्दत गर्छ । यीमध्ये टोनेल फङ्गस र एथलेकिट फुट सबैभन्दा धेरै देखिने खुट्टाको समस्या हो ।

रक्तसञ्चार राम्रो तरिकाले नभएका कारणले खुट्टा सुन्निने समस्या हुनसक्छ । चप्पल लगाउनाले तातोपनलाई खुट्टामा जोगाएर राख्ने हुँदा यसले रक्तसञ्चार बढाउन मद्दत गर्छ । चप्पल लगाउनाले साना बच्चा र वृद्ध मानिसमा शरीरको सन्तुलन बढाउन मद्दत गर्छ । बच्चाको खुट्टा कुनै निश्चित उमेरसम्म फ्लाट हुँदैन र हिँड्न सिक्दा बच्चा प्रायः लड्ने गर्छन् ।

त्यसैले चप्पल लगाउनाले बच्चालाई सजिलै हिँड्न मद्दत गर्छ । उमेर बढेसँगै सन्तुलन र स्थिरता बढाउनका लागि चप्पल लगाउनु जरुरी हुन्छ । खुट्टामा फिट हुने र सजिलो हुने चप्पलको प्रयोग गर्नुपर्छ ।

jackson ribon