birat ribon

विराटनगरको रानीबाट खुलेआम आवतजावत

Neuro
विराटनगरको रानीबाट खुलेआम आवतजावत

मोहन ढकाल

विराटनगर / छिमेकी देश भारतमा कोरोना सङ्क्रमण बढ्न थालेपछि नेपालमा पनि सङ्क्रमण फैलिने उच्च जोखिम बढेको छ । मोरङ प्रशासनले नाकामा विशेष सतर्कता अपनाउने निर्णय गरेको छ । तर कार्यान्वयन भने फितलो देखिएको छ ।

cura insider

भारतसँग खुला सिमाना जोडिएको विराटनगरको मटिहर्वा र दरैयाबाट दिनहुँ हजारौँ मानिसको आवतजावत भइरहेको छ । भारतीय बजारमा किनमेल गर्न जानेको सङ्ख्या पनि उच्च छ । यसरी आवतजावत गर्ने कसैले पनि सतर्कता अपनाएको पाइँदैन । उनीहरूले मास्कको समेत प्रयोग गर्दैनन् ।

भारतसँग जोडिएको विराटनगरको मुख्य नाका जोगवनी बन्द अवस्थामा छ । नाका बन्द भएकै अवस्थामा पनि खुल्ला नाकाको प्रयोग गरेर भइरहेको आवतजावत रोकिएको छैन ।

मुख्य नाकामा भने सामान्य ज्वरो जाँच हुने गरेको छ । महानगरपालिकाले एकजना अनमी खटाएर ज्वरो जाँच गर्ने व्यवस्था गरेको छ । ‘नेपालीलाई नागरिकता हेरेर प्रवेश गर्न दिइने गरिएको छ’, अनमी उषा मेहताले भनिन्, ‘ज्वरो जाँच गरेरमात्र प्रवेश गर्न गराइन्छ, शङ्का लागेको खण्डमा घरमा गएर आराम गर्न भन्छौँ, यहाँबाट दैनिक १५÷२० जना आउने गरेका छन् ।’

तर, खुल्ला नाकाको प्रयोग गरेर दैनिक हजारौँको सङ्ख्यामा आवतजावत भइरहेको अवस्था छ । प्रशासन कार्यालयले कोरोना परीक्षणपछि मात्रै प्रवेश गर्न दिने भने पनि कार्यान्वयन भने नभएको पाइएको छ ।

jackson ribon