birat ribon

विश्वकै पहिलो ट्वीट २९ लाख डलरमा बिक्री

Neuro
विश्वकै पहिलो ट्वीट २९ लाख डलरमा बिक्री

विराटनगर / ट्वीटरका संस्थापक ज्याक डोर्सीले गरेको विश्वकै पहिलो ट्वीट २९ लाख डलरमा बिक्री भएको छ ।

मलेसियाका ब्रिज ओरेकल प्राविधिक कम्पनीका प्रमुख सिना एस्ताभीले उनको सो ट्वीट २९ लाख डलरमा खरिद गरेका हुन् । ‘जस्ट सेटिङ अप माइ ट्वीटर’ भनेर लेखिएको सो ट्वीट सन् २००६ मार्च २१ तारिखमा पोस्ट गरिएको थियो । डोर्सीले आफ्नो उक्त ट्विटलाई एक च्यारिटीका लागि लिलामीमा राखेका थिए ।

cura insider

एस्ताभीले उनको ट्विटलाई मोनालिसाको पेन्टिङ खरिद गरेकोसँग तुलना गरेका छन् । डोर्सीको यो ट्वीटलाई अनलाइनमार्फत लिलामी गरिएको थियो । लिलामीबाट प्राप्त रकमको ९५ प्रतिशत डोर्सीले पाउँछन् भने बाँकी ५ प्रतिशत यसलाई सञ्चालन गर्ने अमेरिकी कम्पनी सेन्टले लिनेछ । लिलामी भइसके पनि सो ट्वीट सार्वजनिक रुपमा उपलब्ध हुनेछ ।

लिलामी सुरु भएको केही मिनेटमै यसको मूल्य ८८ हजार डलरभन्दा धेरै पुगिसकेको थियो । लिलामीपछि डोर्सीले डिजिटल रुपमा हस्ताक्षर गरी प्रमाणित गरेको सर्टिफिकेट एस्ताभीलाई प्रदान गर्नेछन् र ओरिजिनल ट्वीटको मेटाडाटा पनि उनलाई दिइनेछ । त्यस्तै, डोर्सीले बिक्रीबाट प्राप्त भएको रकमलाई बिटकोइनमा परिणत गर्ने र त्यसपछि अफ्रिका रेस्पोन्स फन्डलाई सिधै दान दिने बताएका छन् ।

jackson ribon