birat ribon

विराटनगरमा दुई सय ८२ क्षयरोगी

एक सय ४४ को परीक्षण गर्दा तीन जनामा क्षयरोग

Neuro
विराटनगरमा दुई सय ८२ क्षयरोगीएक सय ४४ को परीक्षण गर्दा तीन जनामा क्षयरोग

विराटनगर / विराटनगरमा दुई सय ८२ जना क्षयरोगी रहेको महानगरपालिकाले जनाएको छ ।

विश्व क्षयरोग दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा महानगरपालिकाले दुई सय ८२ जना क्षयरोगी रहेको जनाएको हो । रोगीमध्ये एकसय ७२ जना पुरुष र एक सय १० जना महिला रहेको महाानगरपालिकाको जनस्वास्थ्य संयोजक रमेश कार्कीले जानकारी दिए ।

cura insider

उनका अनुसार केही दिनअघि महमनगरपालिकाले विभिन्न वडामा खकार परीक्षणको अभियान सञ्चालन गरेको थियो । सो क्रममा एक सय ४४ जनाको परीक्षण गर्दा तीन जनामा क्षयरोग देखिएको थियो । सडकमा बेवारिसे अवस्थामा बसेका ३५ जनामा जाँच गर्दा एक जनामा क्षयरोग देखिएको उनले बताए ।

नियमित औषधि सेवनबाट क्षयरोग निको हुने भए पनि अवस्था सुधार हुँदै गएपछि औषधि छाड्ने क्रम बढेको उनले बताए । ‘क्षयरोग सरुवा रोग हो, यसको निवारणका लागि नियमित औषधि सेवन गर्नुपर्छ,’ उनले भने, ‘तर हामीकहाँ स्वास्थ्यमा सुधार हुँदै गएपछि औषधि छोड्ने समस्या छ ।’ औषधि छाड्दा समस्या फेरि बल्झने उनले बताए ।

देशभर ३२ हजार ४३ जना क्षयरोगी छन् । मोरङमा मात्रै एक हजार ९६ जना क्षयरोगी छन् ।

jackson ribon