birat ribon

एमाले सांसदीय दलको बैठकमा माओवादी केन्द्र संसदीय दलका नेता

Neuro
एमाले सांसदीय दलको बैठकमा माओवादी केन्द्र संसदीय दलका नेता

विराटनगर / नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद पनि सहभागी भएका छन् । बुधबार प्रदेशसभा सचिवालयमा बसेको बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता टङ्क आङ्बुहाङ सहभागी भएका हुन् ।

ताप्लेजुङबाट प्रदेशसभामा निर्वाचित आङ्बुहाङ् केही समयअघि नेकपा एमालेमा प्रवेश गरेका थिए । उनी एमालेको केन्द्रीय कमिटी सदस्य पनि हुन् ।

cura insider

सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता भङ्ग गरिदिएपछि पहिलो पटक नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठक बसेको हो । बैठकमा माधवकुमार नेपाल पक्षका दुई जना सांसद सहभागी छन् । बैठकले आफ्ना सदस्यलाई अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिनेछ ।

प्रदेशसभामा नेपाली काङ्ग्रेस मौन बसेका कारण यसअघि नै माधव नेपाल पक्षले प्रस्ताव फिर्ता लिने निर्णय गरिसकेको माधव नेपाल समूहका नेता राजेन्द्र राईले जानकारी दिए ।

jackson ribon