birat ribon

मेरुदण्ड पक्षघात भएकाहरूको राष्ट्रिय भेला

Neuro
मेरुदण्ड पक्षघात भएकाहरूको राष्ट्रिय भेला

काठमाडौँ / मेरुदण्ड पक्षघात भएका व्यक्तिहरूलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकासको तालिम दिने उद्देश्यका साथ राष्ट्रिय भेला सुरु गरिएको छ ।

मेरुदण्डीय पक्षघात समूह नेपालको आयोजनामा काठमाडौँमा मंगलबारदेखि तीन दिने भेलाको आयोजना गरिएको हो । भेलामा देशका सबै प्रदेशबाट प्रतिनिधिमूलक रुपमा मेरुदण्डको पक्षघात भएको व्यक्तिहरूको सहभागिता रहेको छ ।

cura insider

भेलामा मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूको क्षमता अभिवृद्धिका लागि नेतृत्व विकाससम्बन्धी तालिम, सरकारले प्रदान गर्ने अधिकारका विषयमा र स्वास्थ्यको हेरचाहको सम्बन्धमा तालिम दिइने मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषिराम ढकालले बताए ।

भेलामा सहभागीहरूले मेरुदण्डको पक्षघात भएका व्यक्तिलाई स्वास्थ्य समस्याको साथसाथै विभिन्न प्रकारका समस्या हुने भएकाले सरकारले समाधानका निम्ति ध्यान दिनुपर्ने बताएका छन् । उपचार तथा स्वास्थ्य सामग्रीको सहज उपलब्धता गराउनुपर्नेमा उनीहरुको जोड छ ।

भेलामा सहभागीहरूले मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई आफूले सिकेको सीप तालिमबारे आफ्नो प्रदेशमा गएर कार्यक्रम तालिम सञ्चालन गर्ने बताइएको छ ।

jackson ribon