birat ribon

खोपको दोस्रो डोजमा पहिलोभन्दा बढी साइड इफेक्ट

Neuro
खोपको दोस्रो डोजमा पहिलोभन्दा बढी साइड इफेक्ट

विराटनगर / धेरैले कोरोना भाइरसविरूद्धको खोपको पहिलो डोज लगाइसकेका छन् । खोपको दोस्रो डोज लिने पर्खाइमा छन् ।

खोपको प्रभावकारिता दर बढाउनका लागि खोपको दोस्रो डोज लिनु महत्वपूर्ण हुन्छ । खोपको पहिलो डोज लिएका मानिसमा केही पनि साइड इफेक्ट नदेखिएको हल्का ज्वरो, खोप लगाएको ठाउँमा दुखाइ वा सुन्निने, रातो हुने, वाकवाकी लाग्ने, टाउको तथा शरीरको दुखाइलगायतका सामान्य साइड इफेक्ट देखिएको थियो ।

cura insider

तर, खोपको पहिलो डोज लिँदा हल्का वा कुनै साइड इफेक्ट देखिएको थिएन भने दोस्रो डोज लिँदा कडा खालको साइड इफेक्ट देखिन सक्ने बताइएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले खोपको दोस्रो डोजबाट देखिने साइड इफेक्ट पहिलेको भन्दा बढी गम्भीर भएको रिपोर्ट गरेका छन् ।

सिडिसीका अनुसार यी साइड इफेक्टहरू शरीरले सुरक्षा निर्माण गर्दैछ भन्ने सामान्य सङ्केत हुन् जुन केही दिनभित्र निको हुने गर्छ । साइड–इफेक्ट्सलाई सजिलैसँग व्यवस्थापन पनि गर्न सकिन्छ । तर, खोप लगाएपछि कुनै साइड इफेक्ट लामो समयसम्म रहिरहे वा दैनिक काममा यसले बाधा पु¥याएमा यसका बारेमा डाक्टरसँग परामर्श लिनुपर्ने हुन्छ ।

प्रभावकारीरूपमा अक्सफर्ड एस्ट्राजेनेकाको खोपले काम गर्नका लागि कोभिड खोपको दोस्रो डोज पहिलो डोज लिएको ६ देखि आठ हप्ताको अन्तरालमा लिनुपर्छ । खोपको पहिलो डोज लगाउँदा देखिएको साइड–इफेक्ट्स वा दोस्रो डोज लगाएपछि देखिन सक्ने साइड इफेक्टका डरले खोप लगाउन छुटाउनु भने हुँदैन ।

jackson ribon