birat ribon

भारतमा सार्वजनिक कार्यक्रममा रोक लगाइँदै

Neuro
भारतमा सार्वजनिक कार्यक्रममा रोक लगाइँदै

विराटनगर / भारतमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै जमघट र भीडभाड हुने सार्वजनिक कार्यक्रममा रोक लगाउने तयारी थालिएको छ ।

विशेष गरेर नजिकिँदै गरेको रङ्गहरुको पर्व होलीमा पनि सामुदायस्तरमा कार्यक्रम गर्न नदिने निर्णयमा भारत सरकार पुगेको छ । कोरोना सङ्क्रमण बढेसँगै भारतमा विभिन्न कार्यक्रममा रोक लगाउन थालिएको छ।

cura insider

यसै सन्दर्भमा होली पर्व मनाउन रोक लगाउने तयारी भइरहेको पनि समाचारहरुमा उल्लेख छ। ठूलो भीडभाड हुने भएकोले भारत सरकारले होली मनाउन रोक लगाउने तयारी गरेको हो। दैनिक उच्च सङ्ख्यामा कोरोना सङ्क्रमित बढ्न थालेसँगै भारतका विभिन्न राज्यले कोभिड नियन्त्रण तथा रोकथामसम्बन्धी नीतिमा कडाइ गर्ने तयारी गरेका छन्।

पछिल्लो केही दिनदेखि भारतका महाराष्ट्र, पञ्जाब, गुजरात, केरला, कर्नाटाका, मध्यप्रदेशमा धेरै सङ्क्रमित भेटिएका छन् । भारत सरकारले यसअघि नै कोभिड नियन्त्रणका लागि मापदण्ड पालना गर्न निर्देशन दिइसकेको छ । भारतमा केही दिनयता दैनिक ४० हजारभन्दा बढी कोरोना सङ्क्रमित भेटिन थालेका छन् ।

jackson ribon