birat ribon

लोकसेवाको सुझाव नै अलपत्र

Neuro
लोकसेवाको सुझाव नै अलपत्र

विराटनगर / योग्यता, निष्पक्षता र स्वच्छतालाई मूलमन्त्र बनाउँदै आइरहेको लोकसेवा आयोगले विगत ६ वर्षमा सार्वजनिक सेवा र प्रशासन सुधारका लागि सरकारलाई ७३ वटा सुझाव दिए पनि अधिकांश सुझाव अलपत्र रहँदै आएका छन् ।

लोकसेवाले सार्वजनिक प्रशासनको सुधार र रूपान्तरणका लागि सरकारलाई महत्वपूर्ण सुझाव दिए पनि त्यसको कार्यान्वयन गर्न नसक्दा मुलुकको सार्वजनिक सेवा र प्रशासन प्रभावकारी हुन नसकेको हो । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीलगायत पाँच सदस्य आफ्नो ६ वर्षे सेवाअवधि सम्पन्न गरी मङ्गलबारदेखि सेवानिवृत्त भएका छन् ।

cura insider

आयोगको तथ्यांकलाई विश्लेषण गर्दा आयोगद्वारा सरकारलाई दिइएको सुझावमध्ये अधिकांश सुझाव अलपत्र अवस्थामा रहेको पाइएको छ । अध्यक्ष मैनालीले आयोगले सरकारलाई दिएका विभिन्न परामर्शलाई झन्झट र बोझका रूपमा लिइएको र अधिकांश परामर्शलाई अनादरका रूपमा लिइएको बताए । आयोगका अनुसार अझै पनि सरकारका विभिन्न निकायले आयोगलाई छलेर अस्थायी, करार, ज्यालादारीमा भर्ना गर्दै आफ्नालाई बर्कोभित्रबाट सरकारी सेवामा छिराउने (ब्लांकेटिङ इन) कार्य भइरहेको छ । राजधानी दैनिकमा समाचार छ

jackson ribon