birat ribon

फैसलाको पुनरावलोकनमा जाने माओवादी निर्णय

Neuro
फैसलाको पुनरावलोकनमा जाने माओवादी निर्णय

विराटनगर / नेकपा (माओवादी केन्द्र)ले नेकपा नाम विवादमा सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको छ ।

मङ्गलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको पार्टी स्थायी कमिटी बैठकले फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको पार्टी स्थायी कमिटी सदस्य मातृका यादवले बताए । छलफलमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापा, रामनारायण बिडारी, अधिवक्ताहरू मुक्ति प्रधान, दीनमणि पोखरेललगायतले पुनरावलोकनमा जान सकिने सुझाब दिएका थिए ।

cura insider

नेकपाको नाममा आधिकारिकताको दाबी गर्दै ऋषिराम कट्टेलले दुई वर्षअघि दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीलाई अवैध भएको फैसला सुनाएको थियो । फैसलामा सर्वोच्चले एमाले र माओवादी केन्द्रले एकतापश्चात् राखिएको नाम बदर हुने र एकता गर्ने भए १५ दिनको म्यादसहित आह्वान गर्न निर्वाचनलाई आयोगलाई आदेश दिएको थियो । सर्वोच्चको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र २ जेठ ०७५ भन्दा पहिलेको अवस्थामा फर्किएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon