birat ribon

सीमा नाकामा बेवास्ता

Neuro
सीमा नाकामा बेवास्ता

विराटनगर / छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दर उच्च गतिमा बढ्दै गर्दा त्यसको असरले नेपालमा पनि कोरोना सङ्क्रमणको दर भयावह बन्ने जोखिम देखिएको छ ।

अहिले पनि मुलुकका ३० सीमा नाका खुला छन् । तीमध्ये भारततर्फका मात्रै २८ नाकाबाट सहज आवतजावत हुँदै आएको छ । सीमा क्षेत्रमा भइरहेको सहज आवागमनका कारण भारतबाट फेरि कोरोना सङ्क्रमण फैलने जोखिम बढेको हो ।

cura insider

नेपालमा सङ्क्रमण सामान्य हुँदै गएपछि गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले १४ वटा नाका खुला गर्दै आइएकोमा थप १६ नाका खुला गरी ३० वटा नाका खुला गर्ने निर्णय गरेको थियो । त्यसयता दैनिक कति व्यक्ति भारतीय भूमिबाट स्थलमार्ग हुँदै नेपाल आइरहेका छन् भन्ने तथ्याङ्कसमेत गृह मन्त्रालय र स्थानीय तहसँग छैन ।

फेरि पनि समयमा नै सावधानी नअपनाउने हो भने सङ्क्रमणको जोखिम बढ्ने देखिएको छ । खुला सीमाका कारण नेपाल र भारतबीचको आवतजावत सामान्य अवस्थामा पुगेकोमा भारतमा सङ्क्रमणको दोस्रो चरणको लहर बढ्दै गएपछि सावधानी अपनाउन निर्देशन दिइएको गृहका अधिकारी बताउँछन् । तर सीमा नाकामा भने बेवास्था गरिएको छ । राजधानी दैनिकमा समाचार छ

jackson ribon