birat ribon

भाल्भेर्डेले लिभरपुलसँगको खेल गुमाउनसक्ने

Neuro
भाल्भेर्डेले लिभरपुलसँगको खेल गुमाउनसक्ने

विराटनगर / स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर फेडे भाल्भेर्डेले मङ्गलबार टोलीको प्रशिक्षणमा सहभागिता जनाएनन् । खुट्टाको चोटका कारण भाल्भेर्डेले रियलको सामूहिक प्रशिक्षण गुमाएको बताइएको छ ।

उनले अरू दुई साता आराम गर्नुपर्ने देखिएको छ । दुई हप्ता मैदानबाहिर बस्नुपर्ने भएपछि भाल्भेर्डेले च्याम्पियन्स लिगअन्तर्गत इङ्ग्लिस क्लब लिभरपुलविरुद्धको खेल गुमाउन सक्ने सम्भावना देखिएको छ ।

cura insider

अन्तर्राष्ट्रिय खेलका लागि राष्ट्रिय टोलीमा नफर्किएका रियलका खेलाडीहरूले मङ्गलबार दिउँसो सामूहिक प्रशिक्षण गरेका थिए । टोनी क्रुस, थिबाओ कोर्टुआ, सर्जियो रामोस, राफेल भराने, फर्लान्ड मेन्डी, लुका मोड्रिक, एनड्री लुनिनलाई राष्ट्रिय टोलीले बोलाएको थियो ।

त्यसमध्ये टोनी क्रुस भने स्पेनको राजधानी फर्किन लागेका छन् । चोटका कारण उनले जर्मनीबाट खेल्न पाएनन् ।

यस्तै मारियानो डियाज र अल्भारो ओड्रिजोलाले जिम र मैदान दुवैठाउँमा अभ्यास गरेका थिए । इडेन हाजार्ड डेनी कार्भजल भने चोटमुक्त हुने क्रममा छन् ।

रियलले ला लिगाअन्तर्गत ३ अप्रिलमा इएबरसँग खेल्दैछ भने त्यसको तीन दिनपछि रियलले आफ्नै मैदानमा लिभरपुलको सामना गर्दैछ ।

jackson ribon