birat ribon

स्वदेश फर्किन राष्ट्रपति भण्डारी, बङ्गलादेश भ्रमण उपलब्धीमुलक

Neuro
स्वदेश फर्किन राष्ट्रपति भण्डारी, बङ्गलादेश भ्रमण उपलब्धीमुलक

विराटनगर / राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिने भ्रमण सकेर मङ्गलबार स्वदेश फर्किएकी छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमण उपलब्धीमुलक र फलदायी भएको बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल तथा बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मद्दत पुगेको बताए।

cura insider

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकी मनाउने कार्यक्रममा सहभागी हुने सिलसिलामा राष्ट्रपति भण्डारी यही चैत ९ र १० गतेसम्म बङ्गलादेशको राजकीय भ्रमण सम्पन्न गरी मङ्गलबार स्वदेश फर्किएकी हुन्।

भण्डारीको भ्रमणका क्रममा ऊर्जा व्यापारको लागि द्विपक्षीय सहकार्यलाई अघि बढाउने, द्विपक्षीय व्यापारको प्रवद्र्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने, बङ्गलादेशले नेपाललाई सरल एवं सहज ढङ्गबाट पारवहन सेवा उपलब्ध गराउने, कृषि, संस्कृति, पर्यटन लगायतका क्षेत्रको विकासको लागि दुवै देशको सम्भाव्यतालाई आपसी सहकार्यको माध्यमबाट उच्चतम उपयोग गर्ने जस्ता विषयमा छलफल एवं सम्झौता भएको थियो। अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

jackson ribon