birat ribon

विश्वकप छनोट : आज १२ खेल हुँदै, पोर्चुगल, फ्रान्स, बेल्जियम र क्रोयसिया प्रतिस्पर्धामा

Neuro
विश्वकप छनोट : आज १२ खेल हुँदै, पोर्चुगल, फ्रान्स, बेल्जियम र क्रोयसिया प्रतिस्पर्धामा

विराटनगर / सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट खेलअन्तर्गत पहिलो चरणको खेलमा आज १२ खेलहरू हुँदैछन् । आज हुने १२ खेलध्ये एक खेल नेपाली समयानुसार राति १०ः४५ मा हुनेछ भने अरू सबै खेल राति १ः३० बजेबाट सुरु हुनेछन् ।

आज पोर्चुगल, फ्रान्स, बेल्जियम, क्रोयसिया, वेल्स, नेदरल्याण्ड्स प्रतिस्पर्धामा छन् । नेदरल्याण्ड्सले राति १०ः४५ टर्कीसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । यस्तै पोर्चुगलले घरेलु मैदानमा अजरबैजानसँग खेल्नेछ । पोर्चुगल र अजरबैजानसहित अन्य ११ खेल राति १ः४५ बजे हुनेछ ।

cura insider

साविक विजेता फ्रान्सले आफ्नै मैदानमा युक्रेनसँग खेल्दैछ भने क्रोएसियाले स्लोभेनियासँग तथा बेज्लियमले वेल्सको सामना गर्नेछ । सर्बियाले आयरल्याण्डसँ खेल्दा नर्वेले ग्रिबल्टारसँग खेल्नेछ ।

jackson ribon