birat ribon

रोनाल्डो पोर्चुगलको प्रशिक्षणमा

Neuro
रोनाल्डो पोर्चुगलको प्रशिक्षणमा

विराटनगर / पोर्चुगल विश्वकप छनोटअन्तर्गत अजरबैजान, सर्बिया र लक्जम्बर्गविरुद्ध खेल्ने तयारीमा छ । बुधबारबाट पोर्चुगलले फिफा विश्वकप छनोट खेलका लागि प्रशिक्षण गरेको थालेको छ ।

विश्वकप छनोटअन्तर्गत बुधबार राति पोर्चुगलले अजरबैजानसँग खेल्दैछ । यसै खेलका लागि रोनाल्डोले टोलीको सामूहिक प्रशिक्षणमा सहभागिता जनाएका हुन् । पोर्चुगलले २७ मार्चमा सर्बियासँग खेल्नेछ भने ३० मार्चमा लक्जम्बर्गसँग खेल्नेछ ।

cura insider

रोनाल्डो सर्वकालीन अन्तर्राष्ट्रिय गोलकर्ताको रेकर्डबाट मात्र सात गोलले पछि छन् । इरानका अली डेइको एक सय नौ गोलको कीर्तिमानबाट युभेन्टसका स्टार मात्र सात गोलले पछि रहेका छन् । पोर्चुगलका लागि एक सय दुई गोल गरेका रोनाल्डोको नजर भने सोही कीर्तिमानमा छ ।

विश्वकप छनोटअन्तर्गतका तीनै खेल खेल्दा रोनाल्डोको नजर भने सर्वकालीन अन्तर्राष्ट्रिय गोलकर्ताको रेकर्डमा छ । १८ वर्षको उमेरमा २० अगस्ट २००३ मा अन्तर्राष्ट्रिय टोलीमा डेब्यू गरेका रोनाल्डो उक्त कीर्तिमान तोड्ने अवसर गुमाउन चाहँदैनन् ।

रोनाल्डोले सन् २००४ मा युरोपियन च्याम्पियनसिपमा ग्रीकविरुद्ध गोल गर्दै पोर्चुगलका लागि डेब्यू गोल गरेका थिए । १२ जुन २००४ मा ग्रीकविरुद्ध गोल गरेका उनले त्यसको दुई वर्षअगाडि नै व्यवसायिक करिअरका लागि गोल गरिसकेका थिए । १४ अगस्ट २००२ मा उने स्पोर्टिङ सिपीबाट पहिलो गोल गरेका थिए ।

ग्रीकविरुद्धको गोलपछि रोनाल्डोले अन्तर्राष्ट्रिय गोल गर्ने क्रमलाई निरन्तरता दिइरहे । सन् २०१९ मा उनले अन्य वर्षको तुलनामा सबैभन्दा धेरै १९ गोल गरेका थिए । अघिल्लो वर्ष कोभिड–१९ का कारण पोर्चुगलले मात्र छ खेल खेलेको थियो, जसमा उनले तीन गोल गरेका थिए ।

रोनाल्डोको मुख्य उद्देश्य पोर्चुगललाई २०२२ मा कतारमा हुने विश्वकपमा छनोट गराउनु र विश्वकपको उपाधि जित्नु हो । त्यसबाहेक राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा सार्नु पनि रोनाल्डोको उद्देश्य हो । यो कुरा उनले केही समययता भन्दै पनि आइरहेका छन् ।

फर्नान्डो सान्टोस नेतृत्वको पोर्चुगलले युभेन्टसका स्टार रोनाल्डोसँगै ब्रुनो फर्नान्डेस, जाओ फेलिक्स, पेपे, आन्द्रे सिल्भा, डिएगो जोटा, बर्नान्डो सिल्भा, डेनिलो पेरेइरा, रेनाटो सान्चेस, जाओ क्यान्सेलो, रुबेन डियाज, राफा सिल्भा, पेड्रो सिल्भालगायतलाई टोलीमा समावेश गरेको छ ।

jackson ribon