birat ribon

बेल रियल मड्रिड फर्किने

Neuro
बेल रियल मड्रिड फर्किने

विराटनगर / अघिल्लो वर्ष मात्र रियल मड्रिडबाट लोनमा इङ्गलिस क्लब टोटनह्याम गएका ग्यारेथ बेलले स्पेन फर्किने योजना बनाएका छन् । वेल्सका फरवार्ड बेलले लोन सकिएपछि इङ्ग्ल्याण्डबाट रियल फर्किने आफ्नो योजना रहेको सुनाएका हुन् ।

रियलबाट एक सिजनका लागि लोनमा प्रिमियर लिग क्लब गएका बेल यसै जुनको अन्त्यसम्ममा रियल फर्किने छन् । ३१ वर्षीय बेलको २०२२ सम्म रियलसँग सम्झौता थियो । त्यसबीचमा टोटनह्याम गएका उनले कुल २५ खेल खेलेका छन् । जसमा उनले दस गोल र तीन असिस्ट गरेका छन् ।

cura insider

तथापि, उनी जोसे मौरिन्हो नेतृत्वको टोटनह्याममा लाइनअपमा परिरहेको अवस्था छैन । ‘जति नै युरो आए पनि मेरो ध्यान कतै खिचिदैन । मेरो वास्तविक योजना भनेको स्पर्समा एक सिजन बिताउने नै हो । म एक वर्षका लागि यहाँ आएको हो, फेरि फर्किने मेरो योजना छ ।’

बेलले रियलका लागि दुई सय ५१ खेल खेलेका छन् । जसमा उनले एक सय पाँच गोल र ६८ असिस्ट गरेका छन् । तर मुख्य प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्धका कारण उनले मैदानमा कम र बेन्चमा बढी समय गुर्जाछन् । जिदानले २०१९–२० सिजनमा मात्र २० खेलमा बेललाई सहभागी गराएका थिए ।

jackson ribon