birat ribon

राष्ट्रपतिको भ्रमण फलदायी : मन्त्री ज्ञवाली

Neuro
राष्ट्रपतिको भ्रमण फलदायी : मन्त्री ज्ञवाली

काठमाडाैँ / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमण फलदायी भएको बताएका छन् । भण्डारी भ्रमण पूरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भ्रमणबारे जानकारी गराउँदै यस्तो बताएका हुन् ।

भ्रमणका दौरान राष्ट्रपति भण्डारी तथा बङ्गलादेशका प्रधानमन्त्री महामहिम शेख हसिनाबीचको भेटघाटको अवसरमा नेपालको जलविद्युत् बङ्गलादेशमा निर्यात गर्ने, दुवै देशबीचको व्यापारमा वृद्धि एवं सन्तुलन कायम गर्ने, हवाई सेवाको विस्तार, रेलसेवा तथा सडकमार्गको सुधार गर्ने विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बताए ।

cura insider

भ्रमणका क्रममा बङ्गलादेशका परराष्ट्र मन्त्री डा ए.के. अब्दुल मोमेनले पनि सोमबार राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।सो समयमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको र भ्रमणको अवसरमा नेपाल र बङ्गलादेशबीच विभिन्न चार समझदारी पत्र (लेटर अफ एक्सचेन्ज)मा हस्ताक्षर भएको मन्त्री ज्ञवालीले बताए ।

jackson ribon